गौरादह कृषि क्याम्पसको भवनको भोली ओलीले उद्घाटन गर्ने

सेयर गर्नुहोस्

झापा, २९ असोज
झापाको गौरादह कृषि क्याम्पसको नवनिर्मित भवनको भोली उद्घाटन गरिने भएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोगशाला र पुस्तकालयको उद्घाटन गर्दै छन् । क्याम्पस प्रमुख सुबोध खनालका अनुसार कुल ६ करोड रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । साढे ३ तलाको भवनमा १४ वटा कोठा रहेका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक यो क्याम्पसमा कृषि विषयमा स्नातक(बिएसस्सी एजी) ४ वर्षे अध्ययन हुन्छ । क्याम्पसमा २ सय ३६ जना विद्यार्थी अध्ययनरत छन् ।