कमल वडा नम्बर ६ बालमैत्री शासनयुक्त वडा घोषित

सेयर गर्नुहोस्

झापा, २५ असोज
झापाको कमल ६ लाई बाल मैत्री वडा घोषणा गरिएको छ । बालमैत्री अवधारणाका सबै सूचक पुरा गरेपछी गाउँपालिकाले वडालाई बाल मैत्री वडा घोषणा गरेको हो ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले वडा अध्यक्ष नरेन्द्र भट्टराईलाई बाल मैत्री वडा घोषणा भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।
वडा अध्यक्ष भट्टराईले बालमैत्री वडा घोषणाका लागि ५१ वटै सूचक पुरा गरेको बताए । उनका अनुसार बालमैत्री स्थानीय शासन वडा समितीको गठन, बालमैत्री अवधारणा सम्बन्धी सरोकारवालाको अनुशिक्षण र कार्ययोजना, टोलस्तर अभिमुखीकरण, बालमैत्री अनुरोधपत्र, बाल विवाहमुक्त टोल घोषणा लगायतका कामहरु सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यको समेत उपस्थिति रहेको छ । अब कमल गाउँपालिकाको १ नम्बर वडालाई मात्रै बाल मैत्री घोषणा गर्न बाकी रहेको छ । कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले कमललाई केही दिन भित्र बालमैत्री शासन युक्त गाउँपालिका घोषणा गर्ने तयारी रहेको बताए ।