सेयर गर्नुहोस्
गौरादह, २३ असोज
झापाको गौरादह नगरपालिकाले मालपोत र सम्पत्ति करमा छुट दिने निर्णय गरेको छ । नगरपालिकाले कर बढाएको भनेर विरोध भएपछी करको दरमा छुट दिने निर्णय गरेको हो ।
नगर प्रमुख छत्रपति सुवेदीले अघिल्लो आर्थिक वर्षमा निर्धारण गरिएको दरमा केही छुट दिने निर्णय भएको बताए । उनले त्यसबेला गरिएको भू बर्गिकरण अनुसार व्यवसायिक, आवासिय र कृषि क्षेत्रका लागि छुट दिने निर्णय गरेको उल्लेख गरे ।
उनका अनुसार व्यवसायिक क्षेत्रमा साविकको रेटमा १८ प्रतिशत, आवासिय क्षेत्रमा २० प्रतिशत र कृषि क्षेत्रमा २५ प्रतिशत छुट दिने निर्णय भएको छ । अब यसको कार्यान्वयन अघि बढेको सुवेदीले जानकारी दिए । नगरपालिकाका राजनीतिक दलले करको कर बढाएको विरोध गर्दै आएका थिए ।