सेयर गर्नुहोस्
गौरादह, ३० असोज
गौरादहका सामुदायिक विद्यालयहरुमा खानेपानीको फिल्टर जडान गरिएको छ । बिभिन्न वडाका ५ वटा माध्यामिक विद्यालयमा फिल्टर जडान गरिएको हो ।
गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजबंशीले स्वच्छ खानेपानीको व्यवस्थापनका लागि निजी क्षेत्रबाट निशुल्क फिल्टर जडान गरिएको बताइन् । उनले रौतहटको इन्भाइसरोमेन्ट प्रोडक्सन सेन्टरले विद्यालयमा फिल्टर जडान गरेको जानकारी दिइन् । उनका अनुसार प्रति विद्यालय ७ लाख ५० हजार रुपैयाँ लागत पर्ने कुल ३७ लाख ५० हजार रुपैयाँको निशुल्क जडान गरिएको बताइन् । गौरादह ६ को जनज्योति मावि, गौरादह ४ को डोरामारी मावि, गौरादह ५ का स्कूलचौन मावि र भद्रकाली मावि, गौरादह २ को अमर माविमा फिल्टर जडान गरिएको हो ।