एमालेको प्रदेश अधिवेशनः कमल र गौरादहमा महिला प्रतिनिधी सर्वसम्मत, दमकमा झण्डै दोब्बर उम्मेद्वार

सेयर गर्नुहोस्

झापा, ३ असोज
झापामा नेकपा एमालेको प्रदेश अधिवेशनका लागि आज प्रतिनिधी छनौटको उम्मेद्वारी दर्ता सकिएकाे छ । कतिपय स्थानमा सर्वसम्मत प्रतिनिधी चयन भएका छन् । कतिपय स्थानीय तहमा भने तोकिएको संख्या भन्दा बढी उम्मेद्वारी परेको छ ।
झापाको कमल गाउँपालिकामा महिला र युवा क्लष्टरमा भने सर्वसम्मत प्रतिनिधी चयन भएका छन् । गौरादहमा भने महिलामा सर्वसम्मत प्रतिनिधी चयन भएका छन् । खुल्ला र युवामा भने तोकिएको संख्या भन्दा बढी मनोनयन परेको छ । कमलमा खुल्लामा ६ जनाको कोटामा १० जनाको उम्मेद्वारी परेको छ ।
गौरादहमा महिला तर्फबाट ४ जना प्रतिनिधी सर्वसम्मत चयन भएका छन् । खुल्ला तर्फ ८ जनामा १३ जनाको उम्मेद्वारी परेको छ । युवा तर्फ एक जनामा ३ जनाको उम्मेद्वारी परेको छ । दमकमा १९ जना प्रतिनिधीका लागि ३७ जनाको उम्मेद्वारी परेको छ । यी मध्ये खुल्ला ११ जना महिला ६ जना र युवा २ जना चयन हुनुपर्ने छ ।

दमकमा प्रदेश अधिवेशनका प्रतिनिधी उम्मेद्वार