गौरादह, ३ असोज
गौरादह नगरपालिकाले गर्भवती महिलालाई प्रसुति गराउन निशुल्क एम्बुलेन्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधी निर्वाचित भएसँगै पहिलो निर्णयका रुपमा निशुल्क एम्बुललेन्सको व्यवस्था गरिने उल्लेख थियो ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले गर्भवती महिलालाई सहज रुपमा स्वास्थ्य सेवा लिनका लागि गरिएको निशुल्क एम्बुलेन्सको व्यवस्था प्रभावकारी बनेको बताए । उनले गर्भवती महिलालाई अस्पताल सम्म पुग्न र उपचारका लागि सहज बनाउनका लागि यो व्यवस्था गरिएको उल्लेख गरे । समयमा अस्पताल सम्म पुर्याउन र अस्पतालमै सुत्केरी गराउनका लागि यो कार्यक्रम प्रभावकारी देखिएको छ, उनले भने, यसले मातृ मृत्यु शुन्य पार्ने र घरमै सुत्केरी गराउनेको संख्या शुन्य बनाउने लक्ष्य छ । अवस्था अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा ५ सय ६४ जनाले यो सेवा लिएका छन् । गौरादहका ९ वटै वडाका गर्भवती महिलाहरुले यो सेवा लिएका छन् । सबै भन्दा बढी गौरादह १, २ र ७ का महिलाहरुले यो सेवा लिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै गरि गौरादह नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ६ लाख २८ हजार रुपैयाँ सुत्केरी पोषण भत्ता वितरण गरेको स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । यो अवधिमा ३ सय १४ जना महिलाले सुत्केरी पोषण भत्ता लिएका छन् । गौरादह ६ र ५ का महिलाहरुले सबै भन्दा धेरै यो सुविधा लिएका छन् ।
सेयर गर्नुहोस्
३ आश्विन २०८०, बुधबार १०:५७