शिक्षा दिवसः गौरादहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

सेयर गर्नुहोस्

गौरादह, २ असोज
झापाको गौरादह नगरपालिकाले राष्ट्रिय शिक्षा दिवसका अवसरमा एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ ।
२०७९ सालको एसइई परिक्षामा ४ जिपिए ल्याउने इमिनेन्ट कञ्चनजंघा बोर्डिङका छात्र धनबहादुर थापालाई नगद ५० हजार सहित सम्मान गरेको हो । यस्तै सोही विद्यालयका ३ दशमलब ९५ जिपिए ल्याउने अनमोल शर्मा र अंकिता चौलागाईलाई नगद २५ हजार सहित सम्मान गरिएको छ । यसै गरि एसइइमा उत्कृष्ट नतिजा ल्याउने इमिनेन्ट कञ्चनजंघा बोर्डिङ स्कूललाई नगद एक लाख सहित सम्मान गरिएको थियो । विद्यालयको पुरस्कार प्रिन्सीपल भवानी पाठकले ग्रहण गरेका थिए । यस्तै विद्यार्थीहरुका अभिभावकलाई सो पुरस्कार रकम नगर प्रमुख छत्रपति सुवेदीले हस्तान्तरण गरेका थिए ।
सोही अबसरमा आधारभूत तहमा उत्कृष्ट अंक ल्याउने जनता मावि गौरादह १ का अनिस न्यौपानेलाई नगद १० हजार सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कपिलमणि काफ्ले, नगर उपप्रमुख जलबर्षा राजबंशी, नगरपालिका सामाजिक समितिका सभापति दुर्गामणि बस्नेतले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेका थिए । कार्यक्रममा नगर प्रमुख सुवेदीले विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको बताएका थिए । उनले आगामी वर्ष समेत यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।