असोज ४ मा दमक आउदै ओली, विद्यार्थीसँग साक्षात्कार गर्ने

सेयर गर्नुहोस्

दमक, ३० भदौ
राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गते दमक आउने भएका छन । राष्टिय युवा संघ नेपालको दमक नगर कमिटीले दमकमा गर्ने समृद्ध नेपाल सुखी नेपाली बिषयको वक्तृत्वकला तथा साक्षात्कार कार्यक्रममा ओली दमक आउने भएका हुन् । युवा संघको नगर कमिटीले आज पत्रकार सम्मेलन गरि माध्यामिक तहका विद्यार्थीका विचमा वक्तृत्वकला गरिने जनाएको हो । संघका दमक नगर कमिटी अध्यक्ष विवेक शर्मा भटटराईले ओली सरकारले गरेको जनमुखी कार्य र राष्ट्रियताका पक्षमा लिएका अडानमा विषयमा विद्यार्थीलाई समेत यो कार्यक्रमले सुसुचित गर्ने उल्लेख गरे । वक्तृत्वकलामा सहभागी हुने बिद्यार्थीहरु मध्ये उत्कृष्ट पाँच जना बिद्यार्थीहरुलाई नगद राशीको पुरस्कार , टफी र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष भटटराईले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्धितीय हुनेले नगद ११ हजार, तृतीय हुनेले नगद ७,५०० र सान्तवना स्वरुप दुई जनालाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा संघकी केन्द्रीय सदस्य निश लिम्बू, पार्टी प्रदेश कमिटी सदस्य अम्बिका खनाल, जिल्ला कमिटी सदस्यहरु गणेश बस्नेत, लिला दाहाल, बोधप्रसाद घिमिरे र पार्टीका नगर अध्यक्ष गेहनाथ पोखरेल समेतको उपस्थिति रहेको थियो ।