गौरादह, २९ भदौ
झापाको गौरादहबाट अन्यत्र बसाँइ सर्नेको संख्या उच्च देखिएको छ । गौरादहका २ वटा वडा बाहेक अन्य वडामा बसाइँ सर्नेको संख्याँ उच्च देखिएको छ ।
गौरादह १ र २ मा भने अन्य स्थानबाट परिवारहरु बसाँइ सरेर आएका छन् । गौरादह नगरपालिकाले गरेको समिक्षा कार्यक्रममा वडा सचिवहरुले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा यी दुई बाहेक अन्य वडामा भने ठूलो संख्यामा बसाँइ सर्ने गरेका पाइएको छ ।
गौरादह १ मा अघिल्लो आर्थिक बर्षमा ६२ परिवार बसाइ सरेर आए भने ४४ घर सरेका छन् । गौरादहकै २ नम्बर वडामा २०७९/८० मा ३६ परिवार आए भने २५ परिवार भने अन्यत्र सरेका छन् ।
वडा नम्बर ३ मा अघिल्लै वर्ष २० परिवार अन्यत्रबाट बसाँइ सरेर आएका छन् भने ३७ परिवार भने वडा छाडेर हिडेको तथ्यांकमा देखिएको छ । गौरादहकै ४ नम्ब वडामा ५० परिवार थपिएका छन भने ८२ परिवारले वडाबाट अन्यत्र बसाइ सरेका छन् । वडा नम्बर ५ मा भने १६६ परिवार थपिएका छन् भने २५६ परिवारले भने वडा छाडेर हिडेका छन् । वडा नम्बर ६ का ४१ परिवार सरेर अन्यत्र पुगेका छन भने २३ परिवार अन्य छाडेर यो वडामा आएका छन् ।
गौरादहकै वडा नम्बर ७ मा ३५ परिवार अन्यत्रबाट बसाइ सरेर आए भने ४४ परिवार भने बसाइ हिडेका छन् । वडा नम्बर ८ मा ११ परिवार थपिएका छन भने २२ परिवारले भने वडा छाडेर गएका छन् । अघिल्लै आर्थिक वर्षमा गौरादह ९ बैगुन्धुरामा २२ परिवार अन्तबाट बसाइ आएका छन । यसैगरि ४७ परिवार भने बसाइ हिडेका छन् ।
शहर उन्मुख नगरपालिकाबाट ठूलो संख्यामा रोजगारी र शिक्षाका लागि बसाइ हिड्ने गरेका छन् । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले पहाडबाट तराइ झर्ने संख्या एकदमै कम रहेको बताए । उनका अनुसार छिमेकी पालिका र वडाबाट नगरको शहरी क्षेत्रमा बसाइ सर्नेको संख्या उच्च छ । गौरादहकै ग्रामिण क्षेत्रबाट वडा नम्बर १ र २ मा समेत बसाइ सर्नेको संख्या रहेको उनले जानकारी दिए ।
सेयर गर्नुहोस्
२९ भाद्र २०८०, शुक्रबार १८:१२