दमक, २५ भदौ
झापाको दमक नगरपालिकाले मरेको माछा विक्री वितरणमा रोक लगाएको छ । मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने भनेर भारतबाट आयात गरिएको मरेको र माहुर जातको माछा विक्री नगर्न निर्देशन दिएको छ ।
नगरपालिकाले सार्वजानिक सूचना जारी गर्दै त्यस्तो गरिएको पाइए तत्काल जफल गरिने जनाएको छ । दमकका सबै जसो माछा फ्राइमा भारतबाट ल्याइएको माछा विक्री हुने गरेको छ । यसैगरि नगरपालिकाले भन्सार जाँच पास नभइ आएको तरकारी समेत नबेच्न सचेत गरेको छ । शंकास्पद तरकारी बेचेको शंका लागे कारवाही गरिने र विक्री गरिने तरकारी बिषादी रहित हुनुपर्ने नगरपालिकाले उल्लेख गरेको छ । ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोगमा रोक लगाउने र मासु पसललाई समेत व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।
सेयर गर्नुहोस्
२५ भाद्र २०८०, सोमबार १०:०३