सेयर गर्नुहोस्
झापा, २२ भदौ
प्रदेश सकारी रजिष्ट्रार कार्यालयले कोशी प्रदेशका ६० वटा सहकारीलाई खारेजी प्रकृयामा लैजाने भएको छ । कार्यालयका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले लामो समयदेखि साधारणसभा नगरेका सहकारीहरुलाई खारेजी प्रकृयामा लगिएको जानकारी गराए ।
उनका अनुसार कतिपय सहकारीले दर्ता मात्रै गरेका छन् । कतिपय सहकारीहरुले भने २ वर्षदेखि प्रतिवेदन समेत पेश नगरेको उल्लेख गरिएको छ । खारेजीको प्रकृयामा रहेका मध्ये २३ वटा झापाका सहकारी संस्था रहेका छन् । गौमाता सहकारी गौरादह, घोपाली सहकारी गौरादहलाई पनि खारेज गर्नुनपर्ने कारण सहित निवेदन पेश गर्न रजिष्ट्रार कार्यालयले आग्रह गरेको छ ।