सेयर गर्नुहोस्
भद्रपुर, १५ भदाै
झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य उत्कृष्ट राष्ट्र सेवक कर्मचारीका रुपमा पुरस्कृत भएका छन् । नेपाल निजामति कर्मचारी संगठनले प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक कर्मचारीका रुपमा शाक्यलाई पुरस्कृत गरेको हो ।
आज भद्रपुरमा आयोजित कार्यक्रममा शाक्य सँगै कन्काइ नगरपालिकाकी कर्मचारी टिकादेवी दवाडी समेत पुरस्कृत भएकी छिन् । यस्तै प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट आँखा अनलाइन तथा नागरिक एफएमका सम्पादक ईश्वर अधिकारी सम्मानित भएका छन् । भद्रपुर वडा नं १० निवासी पत्रकार अधिकारीलाई नगद पुरस्कार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरियो । दुबै पुरस्कार नेपाल निजमती कर्मचारी संगठन झापाले स्थापना गरेको हो ।