तोपगाछी खानेपनीमा गठबन्धनका उम्मेद्वार पराजित, एमालेका न्यौपाने बिजयी

सेयर गर्नुहोस्

झापा, २४ भदौ
तोपगाछी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति स्कीम नं ३ को अध्यक्षमा लक्ष्मी प्रसाद न्यौपाने निर्वाचित भएका छन् । गठबन्धनलाई उम्मेद्वारलाई पराजित गर्दै एमालेका न्यौपाने बिजयी भएका हुन् ।

समितिको आगामी ३ वर्षे कार्यकालका लागी शनिबार सम्पन्न मतदान बाट १८१ मत प्राप्त गरी न्यौपाने विजयी भएका हुन् । गठबन्धनका उम्मेद्वार दोलखबहादुर रायमाझीले १७७ मत प्राप्त गरेका थिए । कुल ५ सय १८ मतदाता रहेकोमा ३ सय ६७ मत खसेको थियो । जसमा ८ मत बदर भएको थियो भने १ मत निविदा मतपत्र रहेको निर्वाचन समितिका सदस्य हिम प्रसाद दहालले जानकारी दिए । त्यस्तै समितिको उपाध्यक्षमा यशोदा दाहाल , सचिवमा महेन्द्र अर्याल र कोषाध्यक्षमा बसन्तराज सुब्बा सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिको संयोजक चक्र बहादुर गुरुङले जानकारी दिए । त्यसैगरी समितिको सदस्यमा उषा दहाल, लिलानाथ नेपाल, छविलाल पराजुली नारायण प्रसाद प्याकुरेल र सीता कुरुम्बाङ समेत सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यसैगरी लेखा समितिको संयोजकमा सूर्य प्रसाद न्यौपाने र सदस्यमा दुर्गा प्रसाद पराजुली यस अघि नै सर्वसम्मत निर्वाचित भएका थिए । याे चुनावमा एमाले बाहेकका दलले गठबन्धन गरेका थिए ।