माइश्चिमका ४ स्थानीय तहका प्रमुख भोली जापान जादै

सेयर गर्नुहोस्

झापा, १ भदौ
झापाको माइपश्चिमका ४ वटा स्थानीय तहका प्रमुखहरु अध्ययन अवलोकनका लागि जापान जाने भएका छन् । शिवसताक्षी, कमल, गौरादह र गौरीगञ्जका स्थानीय तहका प्रमुखहरु साता दिन लामो भ्रमणमा शनिबार जापान प्रस्थान गर्ने भएका हुन् । तराई सिञ्चित कृषि प्रवद्र्धन प्राविधिक सहायता परियोजनाको आयोजनामा सिचाइँ मन्त्रालयका सहसचिव शिशिर कोइराला, सिचाइँ बिभागका महानिर्देशक शुशिलचन्द्र आचर्य, बिभागका उपमहानिर्देशकहरु टिकाराम बराल, शान्ता कार्की, कोशी प्रदेश सिचाइँ मन्त्रालयका सिडिई मेघराज ज्ञवाली, ईन्जिनियर राजेन्द्रकुमार माझी, प्रदेश कृषि मन्त्रालयका बरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेल, कन्काई सिचाइँ कार्यालयका प्रमुख उमेश कुमार सुजखु पनि टोलीमा सहभागी रहने छन् ।
गौरादह नगरपालिकाका प्रमख छत्रपति सुवेदीका अनुसार जापानमा हुने तालिममा आधुनिक जल तथा सिचाइँ सुविधाको व्यवस्थापन, कृषि अभ्यास र कृषि संस्थाहरु विचको समन्वयको बारेमा जानकारी हुने छ । यस्तै सिचाइ सञ्चालन तथा सम्भार एवं कृषि सहयोगका सम्बन्धमा केन्द्रीय र स्थानीय सरकारको भूमिकाका बिषयमा जानकारी हासिल हुने उनले बताए । धान खेती, बेमौसमी तरकारी खेती, जैविक खेती, एकीकृत किट व्यवस्थापन, यान्त्रिक खेती तथा सहकारी कृयाकलापमा सम्बन्धमा समेत जानकारी प्राप्त हुने बुझिएको छ । भदौ २ गतेबाट शुरु हुने भ्रमण भदौ ९ गते सम्म रहने छ ।
भ्रमण टोलीका शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, गौरादहका नगर प्रमुख छत्रपति सुवेदी, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलबति राजंबशी सहभागी हुने छन् । आयोजक संस्थाले नै सम्पूर्ण व्यवस्थापन गरेको बुझिएको छ ।