कोशी प्रदेश: बजेट अध्यादेश प्रदेशसभामा पेश

सेयर गर्नुहोस्

विराटनगर, भदाै १
कोशीको प्रदेशसभामा सत्तारूढ गठबन्धनले दर्ता गरेको बजेट अध्यादेश अस्विकार सम्बन्धि सुचना फिर्ता भएसगै अध्यादेश प्रदेशसभामा पेश भएको छ ।

गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए । उक्त अध्यादेश असार १४ गते संसदमा टेवल भएको थियो ।

अध्यादेश अस्विकारका लागि कांग्रेसले छुट्टै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्विकारको प्रस्ताव दर्ता गरेका थिए । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ दुवै दलले अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता लिएका हुन् ।

काङ्ग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले प्रदेशको समिकरण र परिस्थिति बदलिएका कारण अस्विकारको प्रस्ताव फिर्ता लिएको बताए ।अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेट सम्बन्धि अध्यादेश संसदमा पेश गरेका छन् । सो प्रस्तावलाई प्रदेशसभाले सर्बसम्मत रुपमा स्वीकृत गरेको छ ।

संसदमा टेबल भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक भदौ १० सम्ममा पास गर्नुपर्नेछ ।