ठगी आरोपमा सुन व्यापारी विश्वकर्मा जेल चलान

सेयर गर्नुहोस्

गाैरादह, ३१ साउन
तीस करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका झापा गौरादहका सुन व्यवसायी दम्पतीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।आज भएको थुनछेक बहसमा ठगी आरोपमा पक्राउ परेका गौरादह १ स्थायी निवासी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत झापाले आदेश दिएको हो ।

विश्वकर्माविरुद्ध स्थानीय पुष्पराज गुरागाईसहित ४७६ जनाले उजुरी दिएको आधारमा पक्राउ परेका निज दम्पतीलाई अनुसन्धान पश्चात जेल चलान गरिको हो ।

झापा जिल्ला र मोरङका बासिन्दाहरुसँग महँगो व्याजको प्रलोभन देखाई पैसा लिएको पीडितहरुको उजुरी पश्चात् गौरादहमा विगत लामो समयदेखि सुनचाँदी पसल चलाउँदै आएको विश्वकर्मा दम्पतीलाई प्रहरीले पक्राउ गरेको थियो ।उक्त ठगी धन्दामा संलग्न अन्य २ जना भने अझै फरार रहेको प्रहरी श्रोतले जनाएको छ ।