दमक नगरपालिकाले फेरि ब्युँतायो ‘पटके कर’

सेयर गर्नुहोस्

दमक, १३ असार
दमक नगरपालिकामा चर्को बिरोधपछी खारेजी भएको पटके कर फेरि ब्युँताउने तयारी गरिएको छ । असार १० गते नगरसभामा पेश भएको बजेटमा पूर्वाधार सेवा उपयोग कर भनेर पटके कर फेरि उठाउने तयारी गरिएको हो ।
अघिल्लो वर्ष एमालेका जनप्रतिनिधीको तिब्र बिरोध पछी यो कर नउठाउने निर्णय गरिएको थियो । कार्यपालिका बैठकमा निरन्तर असहमति रहदा रहदै यो कर ल्याइएको छ, दमक नगरपालिकाका प्रवक्ता दिपेश दाहालले भने– हामीले यसलाई हटाउने नै भनेका छौ । यस वर्ष दमक नगरपालिकाले २५ लाख रुपैयाँ पटके कर शिर्षकमा आम्दानी हुने अनुमान गरेको छ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधीले भने कानुन विपरित राखिदै आएको प्रमुख र उपप्रमुख कोष हटाउन दबाब दिएका छन् । दाहालका अनुसार अघिल्लो वर्ष पनि यस्तै कोष कार्यपालिकाबाट निर्णय गरेर खर्च गर्ने भनिएपनि अहिलेसम्म कार्यपालिका बैठकमा पेश गरिएको छैन् । यस्तो अबैध काममा हामी साक्षी बस्ने कुरा हुदैन्, दाहालले भने, यो कोष पुर्णत खारेज नै हुनुपर्छ । उनका अनुसार एमालेले छिटै यो विषयमा संस्थागत धारणा सार्वजानिक गर्ने छ ।
यस्तै गरि एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले योजनाको सम्झौता वडामै हुनुपर्ने माग गरेका छन् । हरेक पटक नगरपालिका धाउदा नागरिकले सास्ती खेप्नुपरेको उल्लेख गर्दै अब सम्झौता वडामै गरिनुपर्ने माग राखिएको दाहालले बताए । वडा अध्यक्षहरुले भूगोल र जनसंख्या हेरि वडामै भुक्तानीको व्यवस्था मिलाउन समेत माग गरेका छन् । दाहालका अनुसार संगठनात्मक तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनपछी दरबन्दी थप गरेर केही वडामा लेखाका कर्मचारी व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
दमक नगरपालिकाको नगरसभाको अर्को बैठक असार २० गतेका लागि तोकिएको छ ।