सेयर गर्नुहोस्
झापा, १२ जेठ
दमक नगरपालिकाले आगामी आर्थिक बर्ष बजेटको आकार घटाउने भएको छ । राजश्व परामर्श समितिको बैठकले २०७९/८० को संशोधित अनुमान भन्दा २२ करोड घटि बजेट ल्याउने भएको हो ।
नगरपालिकाका अनुसार आर्थिक बर्ष २०८०/८१ का लागि नगरसभामा पेश गर्नु अघि कार्यपालिका बैठकले बजेट प्रक्षेपणलाई पारित गरेको छ ।