जेबी कार्की, सधैं व्यवसायी सँगै

सेयर गर्नुहोस्

गाैरादह, २२ बैशाख
जितबहादुर(जेबी) कार्की, गौरादहका पुराना व्यवसायी हुन् । गौरादहमा उनी सानो व्यवसाय हुदै अहिले उद्योग सञ्चालन गरेका छन् । दुई दशक अघिदेखि गौरादहमा हार्डवेर व्यवसाय देखि एभरेस्ट राइस मिल प्रा लि का प्रबन्धक हुँदै अहिले कन्काइ ग्यास उद्याेग प्रा लि का प्रबन्ध निर्देशक रहेका छन् । उनी उधोग बाणिज्य संघ गौरादहका अध्यक्ष छन् ।

व्यवसायीहरुको भावनाको कदर गर्ने, व्यवसायिक हित र संरक्षणका लागि भिजन दिन सक्ने विशेषताकै कारण उनी गौरादह उद्योग वाणिज्य संघको बर्तमान कार्यकालमा व्यवसायीहरुको मत जित्दै सर्वसम्मत अध्यक्ष भएका हुन ।

२०६१ सालमा झापा उद्योग वाणिज्य संघ गौरादह शाखाका तत्कालिन अध्यक्ष टीका श्रेष्ठ नेतृत्वको कार्यसमिति सदस्यबाट उधोग बाणिज्य संघमा आफनो जिम्मेवारी सम्हालेका हुन  । यस पटकको निर्वाचनमा उनी अधुरा योजना पुरा गर्ने लक्ष्य सहित पुन चुनावी मैदानमा छन् । 

एउटा निर्विवाद पात्र

वाणिज्य संघमा आफनो कार्यकालका अनुभवहरु धेरै छन । जिम्मेवारी बहन गर्ने सिलसिलामा कसैसंग पनि अहिले सम्म विवादमा परेनन । उनको कार्यकाल हरेक पटक निर्विवादित बितेको इतिहास छ ।

आफनो बारेमा आफैंले भन्नु वा प्रचार गर्नु भन्दा समाजबाट आउने प्रतिक्रियालाई महत्व दिने उनको स्वभाव छ । कार्की भन्छन– वाणिज्य संघमा स्वभाविक रुपले व्यवसायीक कुराहरु नै आउँछन । म सँग व्यवसायी हरुले लिएर आउनु भएको समस्यालाई सके सम्म समाधान गरेर पठाएको बताछन ।

व्यवसायीहरुको जित , व्यवसायीहरुकै हित भन्ने सन्देश लिएर व्यवसायीहरु माझ गइरहेका कार्कीले अहिले सम्म कहिल्यै व्यापार बाहेक जिविकोपार्जनको अर्को कुनै माध्यम रोजेका छैनन । कर सम्बन्धिका चुनौतीलाई सहजीकरण ,घरधनी र बहालमा व्यवसाय गर्ने व्यवसायीहरुबीच बेला बखत बढेको दुरीलाई घटाएर सहजीकरण गर्न निर्विवादित भुमिका खेल्ने गरेका कार्कीले गौरादह उधोग बाणिज्यलाई अघि बढाउन उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गरिआएका छन ।

गौरादह बजारलाई बन्दमुक्त बनाउन, संघको कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउने जस्ता महत्वपूर्ण काममा उनीसहितको तत्कालिन टिमको भुमिका उत्तिकै छ । २०३३ सालमा जन्मिएका कार्कीको परिवार मधेस झरेपछि गौरादहलाइ व्यवसायिक थलो बनाएर यहाँका सामाजिक तथा व्यवसायिक क्षेत्रमा क्रियाशील बनेका हुन । गौरादहमा उद्योगलाई स्थापित गर्ने र दक्षिणी झापाको व्यपारिक शहरका रुपमा विकास गर्ने उनको योजना छ । कर राजश्वमा व्यवसायीमा सुझाव र तालिम दिइने योजना उनसहितको समुहको छ । यस्तै गौरादहमा रहेका साना हाटहरुको व्यवस्थापन, फोहोर मैला व्यवस्थापन पनि कार्की नेतृत्वको समुहको योजना छ ।