फागुन ११ देखि दमकमा नवाैँ फूडफेस्टिवल

सेयर गर्नुहोस्

दमक, ५ फागुन
दमकमा फागुन ११देखि १९ गतेसम्म नवौं फूड फेस्टिवल–२०७९ हुने भएको छ । होटल व्यवसायी संघले बर्सेनी सञ्चालन गदैं आएको फूडफेस्टिवल यसवर्ष पनि नौ दिनसम्म आयोजना हुने भएको अध्यक्ष योगराज दंगालले बताए ।
स्थानीय खाद्यपरिकार तथा यहाँको पर्यटन,प्रवर्द्धनमा टेवा पुरयाउँने उद्देश्यले संघले बिस. २०७१ देखिे फूडफेस्टिबलको आयोजना गरिदै आएको उनले बताए । संघले शुक्रवार दमकमा पत्रकार सम्मेलन गरि फूडफेस्टिवलको तयारी धमाधम भईरहेको जनाएको हो ।
उनका अनुसार फूडफेस्टिवल सम्पन्न गर्न संघका केन्द्रीय सदस्य समेत रहेको भुपेन्द्र न्यौपानेको संयोजकत्वमा एक मूल आयोजक समिति गठन गर्नुका एक दर्जन विभिन्न उपसमिति गठन गरि काम थालिएको छ ।
दमक -७ स्थित पशुहाटको मैदानमा आयोजना गरिने फूडफेस्टिबलमा विभिन्न जाति,जनजातिका तीन दर्जन बढी सांस्कृतिक खाद्यपद्धार्थहरु,कृषि उत्पादन लगायतका व्यवसायिक स्टलहरु रहने छन् । फेस्टिवल भरि करिव ५० हजार बढी दर्शकले अवलोकन गर्नुका साथैं रु ५० लाख बराबरको कारोवार हुने फेस्टिलवका संयोजक भुपेन्द्र न्यौपानेले बताए ।
पत्रकार सम्मेलनमा होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगाल लगायतका अग्रज होटल व्यवसायीहरुले पूर्वको पर्यटन,प्रवद्र्धनमा टेवा पुरयाँउन यस्ता गतिविधिले सघाउँ पुरयाउँने उल्लेख गरे ।
फेस्टिबल अवधिभरि दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित गायिका मेलिना राई, एलिना चौहान,अस्मिता अधिकारी,ज्योति मगर लगायतका कलाकारको समेत प्रस्तुति रहने जनाईएको छ ।