सन्थाल छात्रालाई अध्ययनका लागि उपाध्यक्ष न्यौपानेको सहयोग

सेयर गर्नुहोस्

झापा, माघ २३
झापाको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले सिमान्तकृत सन्थाल समुदायका ३ जना छात्रालाई अध्ययनका लागि सहयोग गरेकी छिन् । झापाको कमल गाउँपालिकामा आयोजित सन्थाल जातिको सोहरार्य कार्यक्रममा उनले नरेन्द्र जनता माविका छात्राहरुलाई एक वर्षको शुल्क हस्तान्तरण गरेका हुन् ।
विद्यालयका प्रध्यानाध्यापक बद्री कार्कीका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत मुना मार्डी, राधिका मुर्मू, सर्मिला हस्दाको एक वर्षको सबै शुल्क उपाध्यक्ष न्यौपानेले तिरिदिएकी हुन् । उपाध्यक्ष न्यौपानेले ब्यक्तिगत रुपमा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई अध्ययनका लागि थप हौसला प्रदान गर्नका लागि शुल्क तिरिदिएको बताइन् । कक्षा ११ मा पढ्ने सर्मिलाको कक्षा १२ को शुल्क समेत तिरिदिने न्यौपानेले बताएकी छिन् । उनका अनुसार न्युन आर्थिक अवस्था भएका समूदायको शिक्षामा पहुँच अभिबृद्धिका लागि गाउँपालिकाले समेत काम गरिरहेको छ । विद्यालयका प्रध्यानाध्यापक कार्कीका अनुसार विद्यालयमा ७८ जना सन्थाल समुदायका बालबालिका अध्ययनरत छन् ।