जिल्ला अध्यक्षकै वडामा एमालेका बागिले जिते

सेयर गर्नुहोस्

झापा, जेठ ३
गौरादह नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा दिलिप भण्डारी निर्वाचित भएका छन् । उनले एमालेले टिकट नदिएपछी बागि उम्मेद्वारी दिएका थिए । उनले एमालेका उम्मेद्वार गजेन्द्र घिमिरे भन्दा झण्डै दोब्बर मत ल्याएका छन् । भण्डारीले १०९४ मत प्राप्त गरेका छन् भने घिमिरेले ५८६ मत ल्याएका थिए । गठबन्धनका तर्फबाट माओवादी केन्द्र्रका उम्मेद्वार शेरबहादुर कार्कीले ४७२ मत प्राप्त गरे । यो वडा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्की र जिल्ला अध्यक्ष दिपक कार्कीको हो । दुबै नेताहरु घिमिरेलाई जिताउन लागेपनि जित हासिल हुन सकेन । तर गौरादहमा भने एमालेका प्रमुखका उम्मेद्वारले अग्रता कायम राखेका छन् ।