गाैरादह १ काे पहिलो निर्णय: सबैका घरमा खानेपानी, विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा

सेयर गर्नुहोस्

झापा, जेठ १३: गाैरादह नगरपालिका वडा न १ का अध्यक्ष नगेन्द्र भण्डारीले आज देखि जिम्मेवारी सम्हालेका छन् । उनी दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुुन् । जिम्मेवारी सम्हाले सँगै भएको पहिलो बैठकले निवर्तमान जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेको छ । यस्तै २ वर्ष भित्र वडाका सबै घरमा शुद्ध खानेपानी वितरणकाे व्यवस्था गर्ने निर्णय गरेको छ । यसैगरी वडाका ५ जना विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा निशुल्क पढाउने निर्णय गरेको छ ।