गाैरादह नगरप्रमुख सुवेदीले काम थाले(तस्बिर सहित)

सेयर गर्नुहोस्

झापा, जेठ १२: गाैरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पदभार ग्रहण गरेका छन् । आज मुख्य निर्वाचन अधिकृतबाट सपथग्रहण गरि उनले नगर उपप्रमुख जलवर्षा राजंवशी र नगरसभा सदस्यहरुलाई सपथग्रहण गराएका थिए । सुवेदीले नागरिकको अपेक्षा पूरा गर्ने मुल उद्येश्य रहेको उल्लेख गरे । कार्यक्रममा संविधानसभा सदस्य दिपक कार्की, एमाले नेता मदन अधिकारी, माओवादी केन्द्रका नेता हुकुमसिंह, काङ्ग्रेस नेता हेमन्त कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।