दमक, २१ चैत
एनआइसी एसिया बैक दमकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणिको घरमा सुरक्षा गार्ड पठाएको छ । ३ महिना किस्ता नबुझाउदा बैँकले घरमै सुरक्षा गार्ड पठाएको हो ।
दमक नगरपालिका ५ का दुर्गाप्रसाद कडेँलको घरमा ३ दिनदेखि बैककै सुरक्षा गार्ड पठाएको हो । कडेँलको घरमा दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म घरको दैलोमा सुरक्षाकर्मी राख्ने गरेको छ ।
४ दिनपहिले बैँकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेकोमा आफुसग भएको १० हजार रुपैँया लगेर भौचर हालेकोमा सोहि दिनदेखि बैँकले आफ्नो धितोको सुरक्षा गर्न भन्दै एकजना नियमित रुपमा सुरक्षागार्ड राखिदिने गरेको घरधनी कडेँलले बताए । बैँकमा आफ्नो १ करोड रुपैया ऋण लिएकोमा अब साँबा ब्याज गरेर ९७ लाख रुपैँया तिर्न बाकी रहेको उनले बताए । कडेँलकी श्रीमति चन्द्रकलाले बैँकले त्यसरी घरमै गार्ड पठाउँदा सामाजिक प्रष्ठिामा समेत आघात पुगेको बताइन् । उनले बैँकले पुरा गर्नुपर्ने प्रकृया नपुर्याइ त्यसरी गार्ड राख्ने कुराको बिरोध समेत गरिन् । आफुहरुलाई बन्धक बनाउँदा स्वतन्त्रपुर्वक बाच्न पाउने हकबाट बञ्चित गराएको कडेँल परिवारको गुनासो रहेको छ ।
यसवारेमा नेपाल राष्ट्रिय बैँकका सहायक प्रवक्ता नारायणप्रसाद पौडयालले एनआईसी मात्रै नभएर कुनैपनि बैँकले यसरी ऋणिको घरमा सुरक्षागार्ड राख्नु केन्द्रिय बैँकको निति विपरित भएृको बताउँनुभयो । यता एनआइसी एसिया बैँकका दमक साखा प्रबन्धक तीर्थ प्रधान दमकमा ऋणिको घरमा बैँकले सुरक्षागार्ड पठाउने केन्द्रीय निती भन्दै पन्छिएका छन् ।