गौरादह, १० चैत
झापाको गौरादह ३ का वडा अध्यक्ष दिलिप भण्डारीले ब्यक्तिगत खर्चमा सामाजिक सेवा गर्ने गरेका छन् ।
स्वतन्त्र रुपमा वडा अध्यक्ष जितेका उनले कराँते खेलाडीलाई ड्रेस बनाइदिने देखि सडक,बाँध मर्मत सम्मका काम गर्ने गरेका छन् । उनले कार्यकालको शुरुवात मै ८१ जनालाई कराँते प्रशिक्षण लिइरहेका विद्यार्थी ८१ हजार बराबरको ड्रेस उपलब्ध गराएका थिए । यस्तै उनकै वडाको सुर्योदय आधारभूत विद्यालयमा खेल समाग्री प्रदान गरेका थिए । यसै वर्ष दुर्गादेवी आधारभूत विद्यालयमा उनी सहित आरम्भ फाउण्डेसनको पहलमा २ लाख ७७ हजारको लागतमा विद्यालय कोठा मर्मत, फर्निचर, पाठ्यपुस्तकको व्यवस्थापन गरेका थिए ।
यसगरि उनले आफ्नो पारिश्रमिकबाट युवराज कटवालको घर अगाडी, देवीचरण दाहालको घर उत्तर र मदन खड्काको घर पश्चिम ७० हजार बारबारको सडक मर्मत, बाँध मर्मत गरेका छन् । वडा समितिको बजेटबाट उनले १५ प्रतिशत साझेदारमा ३४ परिवारलाई सिचाईँका लागि मोटर जडान गराउदै छन् । किस्ने नहर बिस्तार गरेर ३५ बिगाह क्षेत्रफलमा थप सिचाइँ पुर्याउने उनको तयारी छ । एक सय २४ जना परिवारको निशुल्क माटो जाँच समेत गरिएको छ । यस्तै २४ युवालाई कुको तालिम समेत शुरु भइसकेको उनले जनाएका छन् ।
सेयर गर्नुहोस्
१० चैत्र २०७९, शुक्रबार २०:५४