दमक, ७ चैत
दमक नगरपालिकाका ३ वटा बिभिन्न समिति गठन भएका छन् । सबै भन्दा विवादित दमक अस्पताल व्यवस्थापन समिति गठन गरिएको छ । अस्पतालमा कांग्रेस, एमाले र राप्रपाबाट निर्वाचित जनप्रतिनिधीले नेतृत्व लिने होड चलेको थियो । अस्पताल अहिले अस्तब्यस्त छ । समिति गठन हुन नसकेपछी दमक अस्पतालको बैँक खाता समेत नगरपालिकाले चलाउन थालेको थियो । दमक नगरपालिकाका कार्यपालिकाको बैठकले नगर प्रमुख रामकुमार थापाको संयोजकमा समिति गठन गरेको हो । उनी राप्रपाबाट निर्वाचित हुन् । यस्तै बैठकले दमक ९ का वडा अध्यक्ष कुवेर भट्टराईको संयोजकत्वमा शिक्षा समिति गठन गरेको छ । यसैगरि नगर उपप्रमुख रेगिना भट्टराईको संयोजकत्वमा दमक प्रज्ञा प्रतिष्ठानको कार्यसमिति सिफारिस समिति गठन गरेको हो । बैठकले दमक ८ का वडा अध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश)लाई प्रवक्ताकाे जिम्मेवारी दिएको छ । निर्वाचित भएको १० महिना सम्म पनि समिति गठन गर्न नसकेको भनेर आलोचना हुने गरेको थियो ।
सेयर गर्नुहोस्
७ चैत्र २०७९, मंगलवार १४:५३