ताप्लेजुङमा माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास

सेयर गर्नुहोस्

ताप्लेजुङ, ७ चैत
नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ ।  

मंगलबार पार्टीको बैठकमा ताप्लेजुङको फुङलिङ बजार जाने क्रममा बाटोमा आक्रमण प्रयास भएको हो । प्रदेशमा भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेको भन्दै  पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । पहिचान पक्षधर दलका कार्यकर्ताले सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमण  प्रयास गरेका थिए । 

मंगलबार पहिचान पक्षधरले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता आङ्बोमाथि आक्रमणको  प्रयास गरेका हुन् ।  आक्रमणबाट आङ्बो सवार सरकारी गाडीमा सामान्य  क्षति पुगेको छ । आङ्बोका सहयोगी पुजन मङ्ग्रातीका अनुसार आङ्बो पार्टीको कार्यक्रममा ताप्लेजुङको फुङ्लिङ बजार जाने क्रममा गाडीमाथि आक्रमण भएको थियो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी राजन लिम्बूका अनुसार फङलिङ बजार आउने क्रममा  आङ्बो सवार गाडीमाथि आक्रमण गर्नेको पहचिान भएको छैन् । 

‘फुङलिङ बजार भन्दा ७–८ किलोमिटर तल आक्रमण भएको छ’, उनले भने, ‘आक्रमण गर्नेको पहिचान भएको छैन । अनुसन्धान गरिरहेका छौं ।’