झापा, ६ चैत
झापाको गौरिगञ्ज बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ । गौरिगञ्जमा क्याम्पसको स्ववियू अध्यक्षमा अनेरास्ववियुका इस्ताप हुसेन ११८ मत सहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका रोशन यादवले ६८ मत ल्याए । त्यस्तै सचिवमा पनि अनेरास्ववियुकै नीर बहादुर प्रधान विजयी भए उनले नेविसंघ रमेश प्रसाद ताजपुरीयालाई ३० मतले हराएर विजयी भएर प्रधानले १०८ र ताजपुरीयाले ७८ मत ल्याएका थिए। कोषाध्यक्ष पनि अनेरास्ववियुले नै जितेको छ । अनेरास्ववियुका निरज मान्जीले १०४ र नेविसंघकि रेनुका राजवंशीले ८२ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। त्यस्तै सदस्यहरुमा पनि अनेरास्ववियुकै ममता कुमारी राजवंशी , समिक्षा कटवाल र कृष्णप्रसाद गन्गाई विजयी भएका छन।
सेयर गर्नुहोस्
६ चैत्र २०७९, सोमबार ०९:१२