गौरादह नगरपालिकाको नगरसभाद्वारा बजेट संसोधन (सूची सहित)

सेयर गर्नुहोस्

गौरादह, ४ चैत
गौरादह नगरपालिकाको ११ औ नगरसभाले बजेट संशोधन गरेको छ । दशौ नगरसभामा पेश गरिएको बजेटमा संशोधन सहित पारित गरेको हो । गौरादह नगरपालिकाका उपप्रमुख जलवर्षा राजवंशीले कतिपय योजनाका स्रोत सुनिश्चितता नभएको र कतिपय भने बजेट अभावका कारण संशोधन गरिएको बताइन्। उनका अनुसार केही योजनामा बजेट समेत थप गरिएको छ । नगरसभाले १ करोड ३४ लाख ५८ हजार रुपैयाँ बिभिन्न योजनामा बजेट थप गरेको छ भने ३ करोड ८ लाख ८ हजार रुपैयाँ बजेट भने काटेको छ । माघ १७ गतेको नगरसभामा उपप्रमुख जलवर्षा राजंवशीले पेश गरेकोे बजेट संशोधन गरिएको थियो ।

https://gauradahamun.gov.np/sites/gauradahamun.gov.np/files/Document%20104.pdf