गौरादह, ४ चैत
गौरादह नगरपालिकाले बुहारीहरु सँगै छोरीहरुलाई समेत स्नातक अध्ययापन गराउने भएको छ । त्यसका लागि नगरपालिकाले गौरादह बहुमुखी क्याम्पस सँग साझेदारी गरेको छ । क्याम्पसमा अध्ययन गर्ने बुहारी र छोरीहरुको मासिक रकम नगरपालिकाले तिरिदिएको हो । शुरुमा बुहारीहरुलाई मात्रै अध्यापन गराउने योजना भए पनि छोरीहरुलाई समेत पढाउनका लागि थप बजेट बिनियोजन गरिएको छ । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बुहारीहरुसँगै छोरीहरुका लागि मासिक शुल्क तिरिदिने निर्णय गरिएको बताए । उनका अनुसार ११ औ नगरसभाले थप २ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ । त्यसले छोरीहरुलाई समेत मासिक शुल्क क्याम्पसलाई तिर्ने तयारी रहेको सुवेदीले जानकारी दिनुभयो । यस अघि १० औ नगर सभाले बुहारीहरुलाई स्नातक अध्ययन गराउन ३ जाख रुपैयाँ बिनियोजन गरेको थियो ।
गौरादह बुहुमखी क्याम्पसले नगरपालिकाले उपलब्ध गराएको रकम मध्येबाट बुहारीलाई एक वर्षको शुल्क र छोरीलाई छ महिनाको शुल्क छुट दिएको हो । बुहारीहरुलाई बिवाह दर्ताको प्रमाणपत्र सहित निवेन माग गरिएको र छोरीहरुबाट समेत आवेदन माग गरिएको हो । क्याम्पसका प्रमुख हिन्दबहादुर दाहालका अनुसार नगरपालिकाले मासिक शुल्क तिर्ने गरि निवेदन माग गरिएको थियो । त्यसै अनुसार ९ जना बुहारीले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।
९ जना बुहारीहरुले ९ हजार ६ सय रुपैयाँ छात्रवृत्ति प्राप्त गरेका छन् । यस्तै ८९ जना छोरीहरुले स्नातक अध्ययनका लागि ४ हजार ८ सय रुपैयाँ छात्रवृत्ति पाएका छन् । नगर प्रमुख सुवेदीका अनुसार बुहारीहरुलाई पूर्ण छात्रवृत्ति र छोरीहरुलाई पचास प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ । आगामी बर्ष छोरीहरुलाई समेत पुर्ण छात्रवृतिको व्यवस्था गरिने उनले बताए ।
सेयर गर्नुहोस्
४ चैत्र २०७९, शनिबार १८:२६