झापा, २७ फागुन
दमकमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले राप्रपाका विद्यार्थी नेता सोबिम न्यौपानेलाई प्रवेश गराएर स्ववियू अध्यक्षको उम्मेद्वार बनाएको छ । उनी नेविसंघबाट दमक बहुमुखी क्याम्पसमा स्ववियू अध्यक्षका रूपमा उम्मेद्वार बनेका छन् ।
राप्रपा निकट राप्रविसंघका पूर्व इकाइ सभापति तथा जिल्ला सहसचिव न्यौपानेलाई आजै कांग्रेसमा प्रवेश गराएर उम्मेद्वार बनाएको हो । न्यौपानेलाई कांग्रेस जिल्ला उपसभापति शेरबहादुर भट्टराई, नगर सभापति प्रकाश प्रसाईँ सहितका नेताहरुले स्वागत गरेका थिए । उनी राप्रविसंघबाट सभापतिको उम्मेद्वार थिए । तर एमाले अखिलसँग तालमेलमा सचिव मात्रै पाएको राप्रविसंघले उनैलाई उठाउने तयारी गरेको थियो । तर स्ववियू अध्यक्षको उम्मेद्वारी पाउने भएपछी उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।
दमक क्याम्पसमा नेपाल विद्यार्थी संघ, नेकपा एस निकट अखिल, जसपा निकट विद्यार्थी संगठन विच तालमेल छ । नेविसंघबाट अध्यक्षमा न्यौपाने सहित सचिवमा दिपक मादेन र कोषाध्यक्षमा एस निकट रविन अधिकारी उम्मेद्वार रहेको नेविसंघका नेता नवराज ढकालले जानकारी दिए ।
सेयर गर्नुहोस्
२७ फाल्गुन २०७९, शनिबार १८:१३