दमक क्याम्पस स्ववियूः अखिल,राप्रविसंघ र क्रान्तीकारी विच तालमेल, अध्यक्षमा निशेष राई

सेयर गर्नुहोस्

दमक, २७ फागुन
झापाको दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले, माओवादी केन्द्र र राप्रपाका विद्यार्थी संगठन विच तालमेल भएको छ । एमाले निकट अनेरास्ववियू, माओवादी निकट अखिल क्रान्तीकारी र राप्रपा निकट राप्रविसंघ विच तालमेल भएको हो । एमाले अखिलले स्ववियू अध्यक्ष सहित ३ सदस्य, राप्रविसंघले सचिव सहित ३ सदस्य र क्रान्तीकारीले कोषाध्यक्ष सहित २ सदस्य लिने सहमति भएको नेकपा माओवादी केन्द्र दमक नगर अध्यक्ष कुलबहादुर बस्नेतले जानकारी दिए ।
अखिलबाट अध्यक्षमा निशेष राई.(नितेस), राप्रविसंघबाट सचिवमा रविन ढकाल र क्रान्तीकारीबाट कोषाध्यक्षमा उमा राइको उम्मेद्वारी दिने निर्णय भएको एमाले दमक नगर उपसचिव सन्तोष दुलालले जानकारी दिए । स्ववियूमा ११ जना प्रत्यक्ष निर्वाचनबाट चुनिन्छन भने १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।