विरोध प्रदर्शनलाई ध्यान दिँदै विराटनगरकाे केही क्षेत्रमा निषेधाज्ञा

सेयर गर्नुहोस्

विराटनगर, १७ फागुन
प्रदेश नम्बर १ को प्रदेशसभामा प्रदेश नामाकरणको विषय प्रवेश गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नाम जातीय पहिचानका आधारमा राख्ने की नदी, भूगोलका आधारमा राख्ने भन्ने विषयमा दलहरू विभाजित छन् ।प्रदेशसभामा नामको विषयले प्रवेश पाउने भएपनि आन्दोलन हुन सक्ने भन्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

विराटनगर प्रवेश गर्न नाकाबाटै सुरक्षा अवस्था कडा पारिएको मोरङ प्रहरीले जनाएको छ । प्रदेशसभा भवन प्रवेशमा समेत कडाइ गरिएको छ । प्रदेशसभा सदस्यलाई पनि स्वकीय नलिई आउन भनिएको छ ।