दमक, १६ फागुन
नेकपा एमाले दमक नगर कमिटीले मिसन ग्रासरुट अभियान अन्तर्गतका कार्यक्रमलाई तिब्रता दिने निर्णय गरेको छ । पार्टी संगठन सुदृढिकरण तथा बिस्तारको यो अभियानलाई वडा र टोला सम्म कार्यकर्तालाई क्रियाशिल गराउने निर्णय गरेको हो ।
एमाले दमक कमिटीको बैठकले कार्ययोजना पारित गरेसँगै काम अघि बढेको हो । पार्टीका केन्द्रीय सदस्यहरु रोमनाथ ओली, गिता अधिकारी, अभियानमा पार्टीका तर्फबाट प्रमुख सहजकर्ता इन्दिरा गौतम सहितको उपथितिमा बैठकले कार्ययोजना पारित गरेको हो । बैठकले पार्टी संगठनलाई जनमुखी बनाउने र कार्यकर्तालाई पार्टी काममा अझै सुदृढ ढंगले लाग्न निर्देशन समेत दिएको छ । अभियानमा फागुन १९ गते मिसन ग्रासरुट अभियानमा बिषयमा पार्टीका सदस्य, बिभाग सदस्य, जनसंगठनका नेतृत्वलाई अभिमुखीकरण दिइने छ । यस्तै निर्वाचित जनप्रतिनिधीलाई समेत त्यस कार्यक्रममा तालिम दिइने छ ।
पार्टी नगर कमिटीका उपसचिव सन्तोष दुलालका अनुसार फागुन २१ गते शहिद सुखानी स्मृति दिबसका अबसरमा सेल्टरदाता र पुराना पार्टीका संगठकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यस्तै फागुन २२, २३ र २५ वडा कमिटीको बैठक कार्ययोजना सहित सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । अभियानमै फागुन २६ देखि ३० सम्म जनसंगठन र पार्टी सदस्यहरुका लागि प्रशिक्षण कार्यक्रम राखिएको छ । फागुन २४ गते अन्र्तराष्ट्रिय
श्रमिक महिला दिबसका अबसरमा अनेसंघले कार्यक्रम गर्ने तय भएको छ ।
पार्टीको बैठकले चैत ७ गते सम्म टोल बैठक र भेला सम्पन्न गर्ने, पुर्नगठन गरिसक्ने निर्णय गरेको छ भने सोही दिन जातीय बिभेद बिरुद्धको दिबसमा समेत कार्यक्रम गर्ने निर्णय भएको एमाले दमक नगर कमिटीका अध्यक्ष गेहनाथ पोखरेलले जानकारी दिए । एमाले दमक नगर कमिटीले चैत १० गते सदस्यता नविकरण गरिसक्न र चैत मसान्त भित्र पालिका तथा वडा कमिटीको प्रतिनिधी परिषद्को बैठक सम्पन्न गर्ने निर्णय समेत गरेको छ । यस्तै अभियान अन्र्तगत एमालेका सबै जनसंगठनलाई परिचालन गर्नका लागि अभियान्तालाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
सेयर गर्नुहोस्
१६ फाल्गुन २०७९, मंगलवार २०:२९