दमकमा खुल्यो कित्ताकाट

सेयर गर्नुहोस्

दमक, पुस २०
दमक नगरपालिकामा कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको बर्गिकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको हो । दमक नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कुवेर भट्टराईका अनुसार मंसिर २० गतेको कार्यपालिका बैठकले दमक नगरपालिकाको भूउपयोग कार्यविधी २०७९ पारित गरेको छ । यस यसै अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्न सक्ने छ । जग्गाको बर्गिकरण गरिएपछी दमकमा कित्ताकाट खुलेको हो । शहरी क्षेत्र, कृषि क्षेत्र, औद्योगिक क्षेत्र सहितका बिभिन्न क्षेत्रहरु छुट्याइएको भट्टराईले जानकारी दिए । कार्यविधीको प्रमाणित कागजात सम्बन्धित निकायमा पत्राचार समेत गर्ने नगरपालिकाको तयारी छ ।