दमक नगरपालिकाका ११४ कर्मचारीको करार अवधि थप

सेयर गर्नुहोस्

झापा, साउन १
दमक नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुको करार अवधि थप भएको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार प्राविधिक र अप्राविधिक सबै १ सय १४ जना कर्मचारीको करार थप भएको जानकारी दिए । उनका अनुसार नगर सभाले अनुमोदन गर्ने गरि ६ महिनाका लागि सबै कर्मचारीको करार अवधि थप गरिएको छ । बिगतमा नियुक्त भएका कर्मचारीको करार अवधि थप गर्ने नगर्ने भन्ने विषयमा गठबन्धन र एमाले विच केही विवाद भएको थियो । नगर सभाको बिषयमा एमालेले विरोध गरेसँगैै करारका कर्मचारीको अवधिका विषयमा नगर प्रमुख राम कुमार थापाले प्रष्ट जवाफ दिएका थिएनन् ।
अहिले दमक नगरपालिकामा नगर सभामा एमालेले उठाएका बिषयहरु नीति तथा कार्यक्रममा राखिनुपर्ने माग सहित एमालेले लगातार विरोध गरिरहेको छ । अर्को नगर सभाको बैठक साउन ३ गते बोलाइएको छ ।