गाैरादह नगरपालिकाकाे प्रवक्तामा पुनः भण्डारी

सेयर गर्नुहोस्

झापा, असार ३०: झापाको गाैरादह नगरपालिकाकाे प्रवक्तामा पुन: नगेन्द्र भण्डारी ताेकिएका छन् ।आज भएको कार्यपालिका बैठकले उनलाई जिम्मेवारी दिएको हाे । गाैरादह १ का वडा अध्यक्ष समेत रहेका भण्डारी यस अघि पनि प्रवक्ता थिए । सञ्चारकर्मी माझ लाेकप्रिय रहेका भण्डारी नगरपालिकाकाे पुर्वाधार विकास समितिका संयाेजक समेत हुन् ।