गणपुरक संख्या नपुगेर दमककाे नगर सभा बैठक स्थगित

सेयर गर्नुहोस्

झापा, असार २९
नेकपा एमालेका नगर सभा सदस्यले उपस्थितिमा हस्ताक्षर नगरेका कारण दमक नगरपालिकाको नगरसभा स्थगित भएको छ । फरक मत संशोधन सहित नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग सहित एमाले विरोधमा छ । नेकपा एमाले दमकका संसदीय दलका नेता लोकबहादुर धिमालले नगर सभामा फरक मत राख्न नदिइएको बताए । हामीले राखेका संशोधन बजेट पुस्तिकामा समाबेश होस् भन्ने हो, उनले भने, तर सत्तापक्ष अहिले सम्म त्यसमा सहमत भएको छैन् ।
एमालेले दिर्घरोगीलाई आर्थिक सहायता, दाहसंस्कारमा सहयोग, पटके कर खारेजी सहितका ३६ वटा बुँदा सहित फरक मत पेश गरेको थियो । असार १० गते शुरु भएको दमक नगरपालिकाको नगर सभा तेस्रो पटक स्थगित बनेको हो । नगर प्रमुख राम थापाले अर्को बैठक साउन ३ गतेका लागि बोलाएका छन् । दमकमा एमालेका ४३ जना नगर सभा सदस्य छन् । गठबन्धन दलका सदस्यले मात्रै बैठक बस्न गणपुरक संख्या नपुगेकाले थापाले बैठक स्थगित गरेका हुन् ।