दमकको नगरसभामा चर्काचर्की, एमालेको विरोध, बजेट पारित भएन (भिडियाे सहित)

सेयर गर्नुहोस्

दमक, असार २७
संशोधित बजेट तथा नीति कार्यक्रम कार्यपालिकामा छलफल नभइ नगरसभामा पेश भएपछी एमालेले दमक नगरपालिकाको दशौ नगरसभामा बिरोध जनाएको छ । एमालेको विरोधपछी नगरसभा स्थगित भएको छ । आज भएको दोस्रो बैठकमा नगरकी उप प्रमुख तथा बजेट तर्जुमा समिती संयोजक रेगिना भट्टराई प्रसाईले पेश गरेको बजेटमा छलफल गर्दै नगर सभा सदस्यको सुझाव मागिएको थियो । एमालेबाट निर्वाचित नगरसभा सदस्य कमल श्रेष्ठले निर्धारित समयमा सुझाव बाचन नसकिएको र थप समय माग गर्दा पाएनन् । नगर प्रमुख राम थापाले थप समय दिएनन् ।
समय नपाएपछी श्रेष्ठले आपत्ति जनाएका थिए । यस्तै नगर उपप्रमुख भट्टराईले पेश गरेको बजेटलाई पारित गरियोस् भन्ने प्रस्तावमा केही सदस्यहरुले हुन्छ भनेका थिए । तर बहुसंख्यक एमालेका सभा सदस्यले हुदैन भन्दा भन्दै बजेट पारित भएको भनेर प्रमुख थापाले भनेपछी विवाद बढेको थियो । सभाका बहुमत सदस्यले हुदैन भन्दा भन्दै बजेट पारित भएको घोषणा गरिएपछी एमालेका सदस्यहरु निर्धारित स्थान छाडेर बिरोधमा उत्रिएका थिए ।
नगर प्रमुख थापा र एमालेका सदस्य विच भनाभन भएपछी प्रमुख थापाले नगर सभा नै स्थगित गरेका थिए । एमालेका कार्यपालिका सदस्य नविन बरालले कार्यपालिकामा छलफल नै नभएको बिषय प्रमुखले कार्यसूचीमा ल्याएपछी विवाद निम्तिएको बताए । उनले बहुसंख्यक नगरसभा सदस्यको मतको कदर नभएको बताए । एमालेको निरन्तरको बिरोध पछी सभाको अर्को बैठक असार २९ गते सम्मका लागि स्थगित भएको छ ।