ट्रकको ठक्करबाट सहकारीकर्मी नेपालकाे मृत्यु

सेयर गर्नुहोस्

झापा, असार १६: दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दिपक नेपालको सवारी दुर्घटनामा मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ४  चुलाचुली मोेडमा बुधबार राती ११.२० बजे ट्रकको ठक्करबाट घाईते दमक ९ का ३६ बर्षिय नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशामा रहेको प्र. १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको हो । ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।