बाढीको बितण्डा, गौरादहमा एक सय बढी घर डुबानमा

सेयर गर्नुहोस्

झापा, असार १४
झापाको दमकमा रतुवा नदीले कटान तिब्र पारेको छ । नदीको कटानमा कारण दमक ७ मा बस्ती नै जोखिममा परेको छ । त्यहाँ अस्थायी बोराले नदी नियन्त्रणको प्रयास भइरहेको छ । यस्तै गौरादह ५ को टगुवामा रतुवा नदीले ५० घर डुबाएको छ । यस्तै गौरादह ६ को लेलिया डागीमा १२५ घरमा रतुवाको बाढी पसेको छ । गौरादह ६ कै दामुनाका ३५ घर डुबान परेका छन् । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले शिवसताक्षी ४ मा कमल बनियानी खोला पस्दा बिस्थापित १ सय २ जनालाई त्रिभुवन माविमा राखिएको बताए । उनले कमल, दमक, शिवसताक्षी, गौरादह र गौरीगन्ज बाढीको उच्च जोखिममा रहेको उल्लेख गरेका छन् । उनले बिस्थापितलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको र कतिपय स्थानमा सुरक्षित स्थलमा राखिएको जानकारी दिए ।