गौरादहमा यसैवर्षदेखि अस्पताल सञ्चालन हुने (निति तथा कार्यक्रमको पूर्णपाठ)

सेयर गर्नुहोस्

झापा, असार ९
झापाको गौरादह नगरपालिकाले यसैवर्षबाट अस्पताल शुरु गर्ने भएको छ । अहिले भएको स्वास्थ्य केन्द्रलाई तत्काल ५ बेडको अस्पतालमा स्तरउन्नती गर्दै स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्ने भएको हो । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख छत्रपति सुवेदीले तत्कालै अस्पताल सञ्चालन गर्ने तयारी भएको बताए । उनले अर्को १५ बेडको अस्पताल निर्माणको काम थालनी गर्ने जानकारी दिए । यस्तै गौरादह नगरपालिकाले सुत्केरी महिलालाई २ सन्तान सम्म नगद २ हजार प्रति सन्तान दिने भएको छ । यस्तै निम्न आय भएका गर्भवतीलाई सुत्केरी गराउनका लागि विराटनगर, दमक, बिर्तामोड र धरान सम्म लैजानुपर्ने अवस्थामा नगरपालिकाले निशुल्क एम्बुलेन्सको प्रबन्ध गर्ने जनाइएको छ ।