कांग्रेस गौरादहका सभापतिलाई कारवाहीको सिफारिस

सेयर गर्नुहोस्

झापा, जेठ १४
नेपाली कांग्रेसले पार्टीका गौरादह नगर सभापति यादवराज सेडाइँलाई कारवाहीको सिफारिस गरेको छ । कांग्रेस गौरादह १ समितिकोे बिस्तारित बैठकले स्थानीय तहको निर्वाचनमा असहयोग गरेकाले कारवाहीको सिफारिस गरेको हो । सेडाइ सहित उनकी श्रीमति बन्दना सेडाई, पूर्व जिल्ला सदस्य इमानसिंह तामाड् र पूर्व वडा सभापति लिलानाथ पराजुलीलाई कारवाहीका लागि सिफारिस गरेको वडा सभापति इन्द्र गौतमले जानकारी दिए । उनका अनुसार पार्टीका आधिकारिक उम्मेद्वारलाई हराउन उनीहरुले मुख्य योजना निर्वाह गरेका थिए ।