झापाका १० वटा तहमा एमालेको एकल बहुमत

सेयर गर्नुहोस्

झापा, जेठ ११
झापाका १० वटा स्थानीय तहमा नेकपा एमालेको कार्यपालिकामा बहुमत हुने देखिएको छ । झापाका १५ वटा स्थानीय तह मध्ये ५ वटामा भने अन्य दलको बहुमत रहेको छ । झापाको मेचीनगर, बुद्धशान्ती, बिर्तामोड, कन्काई, शिवसताक्षी, कमल, गौरादह, दमक, अर्जुनधारा र भद्रपुरमा एमालेले नगरसभा सदस्यमा धेरै स्थानमा जित हासिल गरेको छ । नेकपा एमाले झापाका सचिव शिव ढुंगेलले सबै नगरपालिकामा एमालेको बहुमत देखिएको बताए । उनले अन्य पालिकामा पनि अन्य दल सँग तालमेल गरेर कार्यपालिकाको चुनावमा भाग लिने बिषयमा छलफल भइरहेको जानकारी दिए । झापाको मेचीनगर, बिर्तामोड, शिवसताक्षी, गौरादह, अर्जुनधारा, बाह्रदशीमा एमालेले प्रमुख र उपप्रमुख जितेको छ । यस्तै कचनकवल, बुद्धशान्ती, कमल, गौरीगञ्जमा एमालेले उपप्रमुख जितेको छ भने कन्काइमा प्रमुख एमालेबाट निर्वाचित भएका छन् ।