झापामा एमाले सबैभन्दा ठुलो दल, जिससमा एक्लै बहुमत पुग्ने

सेयर गर्नुहोस्

झापा, जेठ ९
झापाको ५ वटा स्थानीय तहमा एमालेले एक्लै जित हासिल गरेको छ । मेचीनगरमा समेत एमाले जितको नजिकै छ । बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी, गौरादह, बाह्रदशीमा एमालेले प्रमुख र उपप्रमुखमा जित हासिल गरेको हो । गठबन्धनलाई पराजित गर्दै एमालेले जित हात पारेको हो । यस्तै कन्काइमा प्रमुख, कचनकवल उपाध्यक्ष,, गौरीगंजमा उपाध्यक्ष, कमलमा उपाध्यक्ष र बुद्धशान्तीमा उपाध्यक्ष एमालेले जितेको छ । भद्रपुर, हल्दीबारी, दमक र झापामा भने एमालेले प्रमुख, उपप्रमुखमा जित निकाल्न सकेन । झापामा एमाले एक्लैको जिल्ला समन्वय समिति गठन हुने भएको छ । प्रमुख र उपप्रमुख मतदाता रहने जिसस निर्माणका लागि एमाले एक्लैको बहुमत पुग्ने देखिएको छ । मेचीनगर सहित गणना गर्दा कुल ३० मतदाता रहने जिससमा एमाले एक्लैको १७ मत हुने छ । अहिलेसम्म एमालेले ६ वटा पालिकामा प्रमुख जितेको छ भने मेचीनगरमा जित उन्मुख छ । ९ वटा पालिकामा उपप्रमुख जितेको छ मेचीनगरमा उपप्रमुखको अग्रता निकै फराकिलो छ ।