गाैरादहकाे मेयर उपमेयरमा एमाले बिजयी

सेयर गर्नुहोस्

झापा, जेठ ९: झापाको गाैरादह नगरपालिकाकाे प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित भएको छ । छत्रपति सुवेदी प्रमुखमा र जलवर्षा राजबंशी उपप्रमुखमा निर्वाचित भएका हुन् । सुवेदीले निवर्तमान मेयर राेहितकुमार शाहलाई पराजित गरे भने राजबंशीले गठबन्धनका पुष्पलाल ढकाललाई हराइन् । एमालेले गाैरादहमा बहुमत वडा अध्यक्ष जितेको छ ।