गौरादहमा एमालेको बिजयी शुरुवात, वडा अध्यक्षमा नगेन्द्र भण्डारी निर्वाचित

सेयर गर्नुहोस्

झापा, जेठ १
गौरादह नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नगेन्द्र भण्डारी निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धनका तर्फबाट कांग्रेस उम्मेद्वार इन्द्र गौतमलाई हराउदै उनले बिजय प्राप्त गरेका हुन् । भण्डारीले १९९३ मत र गौतमले १७३१ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका देवेन्द्र खड्काले १३६ मत प्राप्त गरे ।