दमक १० को वडा अध्यक्षमा कांग्रेसका भण्डारी निर्वाचित

सेयर गर्नुहोस्

झापा, जेठ १
दमक नगरपालिका वडा १० को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका बोधराज न्यौपानेलाई हराएका हुन् । भण्डारीले ११६५ मत ल्याउँदा न्यौपानेले १०१४ मत पाएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले दमकमा एक सिट पनि जितेको थिएन् ।