एमाले केन्द्रीय कमिटी बैठक दमकमा, जेठ १ मा घोषणा सभा

सेयर गर्नुहोस्

झापा, १९ बैशाख
झापामा ३५ वर्षपछी हुन लागेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको तयारी थालिएको छ । एमाले जिल्ला कमिटीले बिभिन्न समिति निर्माण गरि काम थालेको हो । नेकपा एमालेका जिल्ला कमिटी सचिव शिवकुमार ढुंगेलका अनुसार दमकमा हुने केन्द्रीय कमिटीको बैठकका लागि जिल्ला कमिटीले तयारी थालेको हो ।
बैशाख २९ देखि ३१ गतेसम्म दमकको कस्मिक पार्टी प्यालेसमा हुने बैठकमा एमालेका नेताहरु सहभागी हुने छन् । यस्तै जेठ १ गते घोषणा सभा दमकमा हुने भएको छ । यस अघि २८ गते गरिने भनिएको सभालाई १ गते सारिएको नेता होमबहादुर थापाले जानकारी दिए ।
बैठक सम्पन्न गर्नका लागि एमालेले मुल व्यवस्थापन समितीको संयोजक स्थायी कमिटी सदस्य एवं झापा इन्चार्ज अग्नी खरेललाई तोकिएको छ । समितीमा पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल,केन्द्रीय सदस्यहरु रविन कोइराला,रोमनाथ ओली,गीता अधिकारी,हरी राजवंसी,मेनका काफ्लेलाई जिम्मा दिएको छ । यसैगरी प्रदेश सदस्यहरु होमबहादुर थापा,एलपी साँवा,मदन अधिकारी,हिरा थापा,अम्बर शिवाकोटी,अम्बिका खनाल रहनुभएको छ । जिल्ला सचिव शिव ढुंगेल र सदस्य तुलसी कार्कीलाई पनि मुल व्यवस्थापन समितीको जिम्मेवारी दिइएको छ ।